Posts

Showing posts from December, 2021

युनिलिभर नेपालको नगद लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन

Image
  युनिलिभर नेपालको नगद लाभांश सुरक्षित गर्ने (असोज २४ गते) आइतबार अन्तिम दिन हो । सभा र नगद लाभांश प्रयोजन का लागी कम्पनीले असोज २५ गतेदेखि कात्तिक ११ गतेसम्म बुक क्लोज गर्दैछ । त्यसकारण आइतबारसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले कात्तिक ११ गते २८ औं वार्षिक साधारण सभाका लागी निमन्त्रणा गरेको छ। साधारण सभा कम्पनीको कर्पोरेट कार्यालय सिटी स्क्वेयर बिल्डिङ्ग नयाँ बानेश्वरमा दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ । कम्पनीले भर्चुअल अर्थात् भिडियो कन्फ्रेन्स मार्फत सभा गर्न लागेको हो । सभाले सञ्चालक समितिले सिफरिस गरे बमोजिम प्रतिसेयर ६५० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभामा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । -आर्थिक वर्ष (२०७७–७८) को नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने एजेन्डा रहेको छ । साथै – कम्पनीको संगठित सामाजिक जिम्मेवारी अन्तर्गतका परियोजनाहरुको खर्चहरु पारित गर्ने, – सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने निर्देशक नियुक्त गर्ने लगायतका प्रस्तावहरु रहेका छन् ।

छुटेकाे त छैन् ? सेयरका लागि आवेदन दिने समय थप गरियाे

  एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले असोज २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप भएको छ ।   अब बैंकको हकप्रद शेयरमा लगानीकर्ताले अब कात्तिक २९ गतेसम्म आवेदन दिन सक्ने भएका छन्। बैंकले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।   यसअनुसार बैंकले एक सय रुपैयाँ अंकित दरका २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद जारी गरेको हो।   हकप्रद निष्काशनका लागि बैंकले असोज १ गतेदेखि शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस बैंकका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

Image
  हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित्ता ५० रुपैयाँमा आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धक नियुक्ति गरेको हो ।   आइतवार कम्पनीका तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाल र ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।   हाथवे इन्भेष्टमेन्ट नेपालले कुल १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।   यसैबीच एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आज शुक्रबार दिउँसो साढे १५ प्रतिशतमात्रै सब्सक्राइब्ड भएको छ। यो बैंकले गत असोज २५ गतेबाट आफ्ना सेयरधनीहरुका लागि ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ।