युनिलिभर नेपालको नगद लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन
युनिलिभर नेपालको नगद लाभांश सुरक्षित गर्ने (असोज २४ गते) आइतबार अन्तिम दिन हो । सभा र नगद लाभांश प्रयोजन का लागी कम्पनीले असोज २५ गतेदेखि कात्तिक ११ गतेसम्म बुक क्लोज गर्दैछ । त्यसकारण आइतबारसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।
कम्पनीले कात्तिक ११ गते २८ औं वार्षिक साधारण सभाका लागी निमन्त्रणा गरेको छ।
साधारण सभा कम्पनीको कर्पोरेट कार्यालय सिटी स्क्वेयर बिल्डिङ्ग नयाँ बानेश्वरमा दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।
कम्पनीले भर्चुअल अर्थात् भिडियो कन्फ्रेन्स मार्फत सभा गर्न लागेको हो । सभाले सञ्चालक समितिले सिफरिस गरे बमोजिम प्रतिसेयर ६५० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
-आर्थिक वर्ष (२०७७–७८) को नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने एजेन्डा रहेको छ । साथै
– कम्पनीको संगठित सामाजिक जिम्मेवारी अन्तर्गतका परियोजनाहरुको खर्चहरु पारित गर्ने,
– सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने निर्देशक नियुक्त गर्ने
लगायतका प्रस्तावहरु रहेका छन् ।
Comments
Post a Comment